नेपाल पुनर्बीमा कम्पनीको नाफा बढ्यो, यस्ता छन् अन्य सूचक
Last updated at 07:45 pm
नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार उक्त अवधिमा कम्पनीले ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ दशमलव ७१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । कम्पनीले उक्त अवधिमा ४ अर्ब १६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३१ दशमलव ७८ प्रतिशतले बढी हो । कम्पनीको कुल आम्दानी पनि ३ अर्ब ९६ करोडबाट बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी, समीक्षा अवधिसम्ममा कम्पनीले २ अर्ब ५२ करोड रुपैयाँ बराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब १२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
यसैगरी, कम्पनीको कुल खर्च पनि १९ दशमलव ५५ प्रतिशतले बढेर ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीको कुल खर्च ३ अर्ब ४८ करोड रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको महाविपत्ती कोषमाको ७६ करोड ४२ लाख सञ्चित छ भने स्पेशल रिजर्भ कोषमा ४ अर्ब ६७ करोड रुपैयाँबराबर छ । कम्पनीको रिजर्भ कोषमा ७६ करोड ४२ लाख रुपैयाँ सञ्चित छ ।
त्यस्तै कम्पनीको रिटेन्ड अर्निङमा ७६ करोड ४२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ६२ लाख रुपैयाँ छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ३ दशमलव ९७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १४८ दशमलव ९६ रुपैयाँ छ । त्यस्तैगरी, कम्पनीको मूल्य अनुपात १९१ दशमलव ५० गुणा छ ।
कम्पनीको चुक्तापूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ ।धितोपत्र बजारमा हाल कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार २४० रुपैयाँ छ ।