हिमालयन रिइन्स्योरेन्सले कमायो करिब १ अर्ब नाफा
Last updated at 10:27 am
हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार उक्त अवधिमा कम्पनीको नाफा ६ दशमलव २५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा चैत मसान्तसम्ममा कम्पनीको खुद नाफा ९८ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा ९३ करोड ११ लाख रुपैयाँ थियो ।
खुद प्रिमियम आम्दानी बढेसँगै नाफामा टेवा पुगेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको खुद प्रिमियम आम्दानी ४ अर्ब १८ करोड छ । यस्तो आम्दानी गत आवको सोही अवधिसम्ममा ३ अर्ब ४९ करोड रुपैयाँ थियो ।
तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ती कोषमा १६ करोड ४९ लाख रुपैयाँ छ। यसैगरी, कम्पनीले चैत मसान्तसम्ममा २ अर्ब २८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
यसैगरी, कम्पनीको सञ्चित नाफा १ अर्ब २ करोड रुपैयाँ छ ।उता कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी भने सामान्य बढेको छ ।वार्षिक प्रतिशेयर आम्दानी बढेर समीक्षा अवधिमा १२ रुपैयाँ ६८ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ २४ पैसा छ ।
२० अर्ब पुर्याउनका लागि चुक्तापूँजी वृद्धि गर्न कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने योजना बनाएको छ । कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँ छ ।
साताको दोस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९३७ रुपैयाँ ७० पैसा छ ।