हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा, बोनस शेयर कति ?
Last updated at 01:50 pm
हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको गत वैशाख २२ गते बसेको बैठकले कुल ४ दशमलव ७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २४ प्रतिशत नगद लाभांश छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँ छ ।
साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९७० रुपैयाँ ६९ पैसा छ ।
Visited 6 times, 1 visit(s) today