नेपाल पुनर्बीमा कम्पनीको नाफामा गिरावट, यस्तो छ वित्तीय सूचक
Last updated at 05:48 pm
नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्ष २०८०/ ०८१ चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
धितोपत्र बजारमा सूचीकृत अन्यम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको दुई महिना पूरा भइसक्दा यो कम्पनीले भने बल्ल गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको हो ।
जसअनुसार उक्त अवधिसम्ममा कम्पनी घाटामा छ ।बिहीबार सार्वजनिक वित्तीय विवरणअनुसार गत आवमा कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।यो नाफा अघिल्लो आव २०७९/८० को तुलनामा करिब २७ प्रतिशतले घटी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा १ अर्ब ५५ करोड रुपैयाँ थियो ।
कम्पनीले समीक्षा अवधिसम्ममा ९ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ९ अर्ब ८८ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो ३ दशमलव ९१ प्रतिशतले घटी हो।
नाफा घट्दा वार्षिक प्रतिशेयर आम्दानीमा असर परेको देखिन्छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४३ पैसा छ । यस्तो आम्दानी पहिले १२ रुपैयाँ १७ पैसा थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी पनि घटेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ९ अर्ब ८८ करोड रुपैयाँ थियो । गत आवमा यस्तो आम्दानी ९ अर्ब ४९ करोड रुपैयाँमा खुम्चिएको छ ।यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ छ ।कम्पनीको मूल्य आम्दानी अनुपात ९२ दशमलव शून्य ४ गुणा छ।
बुधबार दोस्रो बजारको शेयर कारोबार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ३१२ रुपैयाँ थियो ।