सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बढ्यो नाफा
Last updated at 10:38 am
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार उक्त अवधिसम्ममा कम्पनीले ७१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ६८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो। यो नाफा अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ३ दशमलव ६३ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीले ४ अर्ब १६ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब १९ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन शून्य दशमलव ५४ प्रतिशतले घटेको छ।
यसैगरी, कम्पनीले२ अर्ब ५ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८४ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आवको तुलनामा खुद बीमाशुल्क ११ दशमलव ५८ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीको विशेष रिजर्भ कोषमा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ४३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९५ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब २१ करोड ९२ लाख रुपैयाँ छ।
समीक्षा अवधिमा कम्पनीको बीमा कोषमा ५ अर्ब ७५ करोड २० लाख रुपैयाँ छ। अघिल्लो आवमा भने बीमा कोषमा ४ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ थियो।
त्यस्तै कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २५ दशमलव ४१ रुपैयाँ छ। यसैगरी, कम्पनीको मूल्य अनुपात ३३ दशमलव शून्य ७ गुणा छ भने प्रतिशेयर नेटवर्थ २७४ दशमलव ५६ रुपैयाँ छ।
कम्पनीको चुक्तापूँजी २ अर्ब ८१ करोड रुपैयाँ छ । कम्पनीको शेयरमूल्य धितोपत्र बजारमा प्रतिकित्ता ८१४ रुपैयाँ छ ।