प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?
Last updated at 07:14 pm
प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १८ प्रतिशतका दरले बोनस शेयर तथा कर प्रयोजनार्थ शून्य दशमलव ९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
गत असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार ६७ रुपैयाँ छ । हाल दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८३४ रुपैयाँ हाराहारी छ ।
Visited 15 times, 1 visit(s) today