नेपाल इन्स्योरेन्सले पायो हकप्रद शेयर निष्कासन गर्न अनुमति
Last updated at 09:48 am
नेपाल इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृती दिएको हो ।
बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि बुधबार स्वीकृत दिएको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ छ । जसअनुसार कम्पनीले चुक्तापूँजीको ४० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित मूल्यमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन पर्ने व्यवस्था गरेको छ ।हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।
Visited 5 times, 1 visit(s) today