तेस्रो त्रैमासमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफामा गिरावट
Last updated at 09:49 am
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलेचालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
जसअनुसार उक्त अवधिमा कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २४ दशमलव शून्य ३ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिसम्ममा कम्पनीले ५९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी घटेकाले नाफामा असर परेको देखिन्छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ३० दशमलव ८२ प्रतितशले घटेको छ । गत वर्ष ५२ करोड ७३ लाख रुपैयाँ लगानी तथा कर्जाबाट आम्दानी गरेको कम्पनीको समीक्षा अवधिमा घटेर ३६ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ ।
त्यसैगरी, चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क भने ३ दशमलव १४ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिशेयर आदानी पनि घटेको देखिन्छ। गत आवमा २८ रुपैयाँ ३७ पैसा प्रतिशेयर आम्दानी रहेकोमा हाल घटेर २१ रुपैयाँ ५५ पैसा कायम भएको ।
कम्पनीको प्रतिशेयर नेटवर्थ २६३ रुपैयाँ ७२ पैसा छ ।कम्पनीको रिटेन्ड अर्निङमा ६८ करोड ४८ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १९ करोड रुपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ छ । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८१७ रुपैयाँ छ ।