तेस्रो त्रैमासमा नेपाल माइक्रो इन्स्योरेन्सको नाफा घट्यो
Last updated at 03:04 pm
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा घटेको छ।
कम्पनीले उक्त अवधिमा ४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा ८० दशमलव शून्य ८ प्रतिशत कम हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले २४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ६०५ दशमलव ७४ प्रतिशतले बढेको छ भने कुल आम्दानी पनि १३० दशमलव ७५ प्रतिशतले बढेको छ। यसैगरी, कम्पनीको खुद दाबी भुक्तानी ५१३ दशमलव २७ प्रतिशत र कुल खर्च १४६ दशमलव २९ प्रतिशतले बढेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। कम्पनीको यस्तो आम्दानी ५२ पैसा घटेर ९ पैसामा सीमित भएको छ।यसैगरी, कम्पनीले चैत मसान्तसम्ममा २ करोड ५१ लाख दाबी भुक्तानी गरेको छ ।
यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५ हजार १६९ गुणा छ।समीक्षा अवधिसम्मका कम्पनीको विशेष रिजर्भ कोषमा २६ लाख ७४ हजार रुपैयाँ छ भने महाविपत्ती कोषमा २ लाख ६७ हजार रुपैयाँ सञ्चित छ ।
कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ छ ।साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ५२६ रुपैयाँ छ ।