गार्डियन माइक्रो लाइफको नाफामा उल्लेख्य वृद्धि
Last updated at 05:39 pm
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको नाफा उल्लेख्य रुपमा बढेको छ ।
मंगलबार सार्वजनिक चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार उक्त कम्पनीले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा ७ लाख रुपैयाँ मात्र थियो । यो गत आवको सोही अवधिको तुलनामा ३ हजार ८१२ दशमलव ८४ प्रतिशत बढी हो।
कम्पनीको खुद प्रिमियम आम्दानी नै बढेपछि नाफामा उच्च वृद्धि देखिएको हो । खुद प्रिमियम आम्दानी पहिले १ करोड ७८ लाख रुपैयाँ रहेकोमा अहिले १९ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
नाफा बढेकाले कमपनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी १८ पैसा रहेकोमा अहिले ४ रुपैयाँ ८८ पैसा पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीले १९ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।अघिल्लो आवमा भने कम्पनीले १ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको रिटेन्ड अर्निङ कोषमा १ करोड ९० लाख र महाविपत्ती कोषमा २९ लाख ३५ हजार रुपैयाँ सञ्चित गरेको छ । समीक्षा अवधिमा कम्पनीले १ लाख ९ हजार ९४६ वटा बीमालेख जारी गरेको छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा छ । कम्पनीको सञ्चित नाफा १ करोड ९० लाख रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ छ ।
हाल धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार ४६१ रुपैयाँ छ ।