क्रेस्ट माइक्रो लाइफको आईपीओ बाँडफाँट, १ लाख ८४ हजार आवेदकले पाए १० कित्ताका दरले शेयर
Last updated at 03:02 pm
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ मंगलबार बिहान बाँडफाँट भएको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो ।कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११ जना आवेदकले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये १० हजार १२६ आवेदन रद्द भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८५ आवेदन स्वीकृत भएको छ।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पाएका छन्।
कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्कासन गरेको थियो। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।