क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Last updated at 01:34 pm
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अर्थात् सोमबार अन्तिम दिन रहेको छ।
कम्पनीले गत फागुन २२ गतेदेखि निष्कासन गरेको आईपीओ आज बैंकिङ समय सम्ममात्र रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बताएको छ।
त्यसो त कम्पनीको आईपीओमा आइतबार साँझसम्ममाकुल १५ लाख ९० हजार ५९४ आवेदकले १ करोड ९२ लाख ५७ हजार ११० कित्ता शेयरका लागि आवेदन दिइसकेका छन्।कम्पनीको आईपीओ पाउन भने भाग्यकै भर पर्नुपर्ने देखिएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँटपश्चात सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको हो।कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।
कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गरेको हो।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।