नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनशसहित नगद पनि
Last updated at 11:11 am
नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस शेयर छ भने १६ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) छ।
गत मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिका बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् । कम्पनीको चुक्तापूँजी ९ अर्ब ३ करोड रुपैयाँ छ ।
Visited 4 times, 5 visit(s) today
