हिमालयन लाइफ इन्स्योरेन्सले कमायो साढे ५४ करोड नाफा
Last updated at 10:27 am
हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ।
उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३ दशमलव ७१ प्रतिशतले कम हो। अघिल्लो आवमा भने कम्पनीले ६३ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीले खुद आर्जित बीमाशुल्क ६ दशमलव ६० प्रतिशतले बढेको छ भने कुल आम्दानी १२ दशमलव शून्य ४ प्रतिशतले बढेको छ।
यसैगरी, समीक्षा अवधिसम्ममा कम्पनीको महाविपत्ती कोषमा ४६ करोड ५९ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ्गमा ७० करोड २९ लाख रुपैयाँ छ । यसैगरी अन्य इक्विटी भने १४ करोड ४३ लाख रुपैयाँ ऋणात्मक छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९२ पैसा घटेर ५ रुपैयाँ ९८ पैसामा सीमित भएको छ। यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात ६८ दशमलव शून्य ५ गुणा छ भने प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ २० पैसा छ।
कम्पनीको चुक्तापूँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ छ । हाल धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४०६ रुपैयाँ छ ।