नेपाल लाइफले बढायो नाफा, यस्ता छन् अन्य सूचक
Last updated at 11:56 am
नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ।
उक्त वित्तीय विवरणअनुसार सो अवधिसम्ममा कम्पनीले ६० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा कम्पनीले ५१ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो। यो अघिल्लो आवको तुलनामा १७ दशमलव ३७ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड २३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ छ।
यसैगरी, कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ छ ।
यसैगरी, असारमसान्तसम्ममा कम्पनीले ४८ अर्ब २० करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवमा कम्पनीले ४० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यो अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो ।
त्यसैगरी, कम्पनीले गत आवको असारमसान्तसम्ममा ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ४० अर्ब ११ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो अघिल्लो आवको तुलनामा १८ दशमलव ८४ प्रतिशतले बढी हो।
कम्पनीको प्रतिशेयर आम्दानी ६ दशमलव ६८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११५ दशमलव ६८ गुणा छ । यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ दशमलव ७५ रुपैयाँ छ।
कम्पनीको चुक्तापूँजी ९ अर्ब २ अर्ब ८७ लाख रुपैयाँ छ । हाल कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७८५ रुपैयाँ छ ।