एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर असार २५ गतेदेखि निष्कासनमा
Last updated at 08:15 am
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले चुक्तापूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो।अब कम्पनीले १० कित्ता शेयर बराबर नयाँ ४ दशमलव २ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्नेछ ।
जसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल छ।हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ छ। धितोपत्र निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।