हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा
Last updated at 03:09 pm
हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आठ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको आठ प्रतिशतका दरले ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन्।
हाल कम्पनीको चुक्तापूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ छ ।
Visited 2 times, 1 visit(s) today