कनेक्ट आईपीएसमार्फत् जीवन बीमाशुल्क तिर्दा क्यासब्याक अफर
Last updated at 07:23 pm
भुक्तानी सेवा प्रदायक कनेक्ट आईपीएसले जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने गरी कनेक्ट आईपीएसबाट जीवन बीमा प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी ‘सुरक्षासँगै क्यासब्याक, कनेक्ट आईपीएसको साथ’अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत कनेक्ट आईपीएसबाट जीवन बीमा कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको रकमबराबर वा अधिकतम २० हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सक्नेछन् ।
लक्की ड्र मार्फत् छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हप्ता सकिए पश्चात तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछी कनेक्ट आईपीएसको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालबाट सार्वजनिक गरिने छ ।
कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा बीमा कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत् गरिएको जीवन बीमाको प्रिमियम भुक्तानीमा उक्त अफर लागू हुनेछ ।
उक्त प्रणाली मार्फत् सबै जीवन र केहि लघु जीवन गरी १७ वटा कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था छ ।