नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा पुन : खत्री
Last updated at 11:33 am
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा सुरेश प्रसाद खत्री पुनःनियुक्त भएका छन् ।
कम्पनीको गत वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई जेठ ३ गतेदेखि लागू हुनेगरी थप ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
भारतको बैङगलोरबाट एमबीए गरेका खत्रीसँग बीमा क्षेत्रमा करिब दुई दशकभन्दा बढीको कार्य अनुभव छ ।
Visited 6 times, 1 visit(s) today