नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?
Last updated at 10:23 am
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
गत वैशाख ३१ गते बिहान साढे ९ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो ।
उक्त बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । यसका साथै बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ७८९४७३ प्रतिशत नगद लाभांशबाट समायोजन गरिने पनि कम्पनीले सूचनामा उल्लेख गरेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
Visited 6 times, 1 visit(s) today