सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि निष्कासनमा
Last updated at 07:19 am
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज अर्थात् वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्कासन गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको २७ प्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ शून्य दशमलव २७ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ छ।
जसअनुसार कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीको हकप्रद शेयरमा आगामी जेठ १९ गतेभित्र शेयरधनीले आवेदन दिन सक्नेछन्।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग छ।
हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।
Visited 4 times, 1 visit(s) today