एसियन लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि,यता छन् अन्य सूचक
Last updated at 01:53 pm
एसियन लाइफ इन्सुरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपष्किृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
जसअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा ५९ दशमलव ५१ प्रतिशतले बढेर ३३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले २० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क २० दशमलव २ प्रतिशत र कुल आम्दानी पनि ७ दशमलव ३५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा ४५ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ छ। गत आवको सोही अवधिसम्ममा जीवन बीमा कोषमा ४१ अर्ब ३ करोड ५५ लाख रुपैयाँ थियो। त्यस्तै, चैत मसान्तसम्ममा कम्पनीको महाविपत्ति कोषमा २६ करोड ६ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिशेयर आदानी पनि बढेको छ । गत वर्ष ८ रुपैयाँ २३ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी हाल १३ रुपैयाँ १३ पैसा पुगेको छ ।कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड १८ लाख रुपैयाँ छ ।
यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ५७ पैसा छ ।हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनका लागि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिहेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७२५ रुपैयाँ छ ।