तेस्रो त्रैमासमा प्रभु महालक्ष्मी लाइफले कमायो २७.०७ करोड खुद नाफा
Last updated at 04:43 pm
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
जसअनुसार उक्त अवधिमा कम्पनीको खुद बीमाशुल्क र नाफा उल्लेख्य रुपमा बढेको छ । समीक्षा अवधिमा कम्पनीले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा शून्य दशमलव ६७ प्रतिशतले बढी हो । उक्त आवको सोही अवधिमा कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीले ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा १७ दशमलव ८१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको कुल आम्दानी ४ अर्ब ५४ करोड रुपैयाँ छ ।
यसैगरी, उक्त अवधिमा कम्पनीले ३ अर्ब ३७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । त्यस्तै, कम्पनीको महावित्त कोषमा १० करोड ४७ लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ ७९ करोड ४५ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिशेयर आम्दानी(ईपीएस) ७ दशमलव ६४ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १२१ दशमलव ८९ रुपैयाँ छ । यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात ७१ दशमलव ६९ गुणा छ ।
कम्पनीको चुक्तापूँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ छ ।साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५५६ रुपैयाँ छ ।