रिलायबल नेपाल लाइफको लाभांश घोषणा, बोनस शेयर कति ?
Last updated at 03:15 pm
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
गत वैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको १२ दशमलव ६३१५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १२ प्रतिशत बोनस शेयर छ भने कर प्रयोजनार्थ शून्य दशमलव ६३१५ प्रतिशत नगद लाभांश छ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीले पाउने छन्।
Visited 8 times, 1 visit(s) today