प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, बोनस कति ?
Last updated at 06:27 pm
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीका लागि लाभांश घोषणा गरेको हो ।
उक्त बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको आठ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ शूनय दशमलव ४२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरेपछि शेयरधनीमा वितरण गरिनेछ ।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी छ ।
Visited 9 times, 1 visit(s) today