तेस्रो त्रैमासमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१% ले वृद्धि
Last updated at 07:26 pm
सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपष्किृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेको छ । जसअनुसार उक्त अवधिमा कम्पनीको नाफा ३१ प्रतिशतलेबढेको छ ।
उक्त अवधिमा कम्पनीको खुद नाफा २९ करोड ५७ लाख रुपैयाँ छ । गत आवको तेस्रो त्रैमाससम्ममा यस्तो नाफा २२ करोड ४२ लाख रुपैयाँ थियो ।
खुद प्रिमियम आम्दानीसहित कुल आम्दानी बढेपछि नाफामा टेवा पुग्न गएको देखिन्छ । खुद प्रिमियम आम्दानी गत आवको सोही अवधिसम्ममा ६ अर्ब ३७ करोड रहेकोमा अहिले ७ अर्ब ५१ करोड पुगेको छ ।
त्यस्तै, कम्पनीको महाविपत्ती कोषको आकार ३९ करोड १९ लाख रुपैयाँ बराबर छ ।समीक्षा अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले ६ रुपैयाँ ५८ पैसा रहेकोमा अहिले ७ रुपैयाँ ८७ पैसा छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा छ ।यसैगरी, कम्पनीको मूल्य अनुपात ५५.९० गुणा छ ।साताको अन्तिम कारोबार दिन बिहीबार बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४३९ रुपैयाँ ३० पैसा छ ।
कम्पनीको चुक्तापूँजी ५ अर्ब बढी छ ।