वार्षिकोत्सवको अवसरमा एशियन लाईफ इन्स्योरेन्सको विविध कार्यक्रम
Last updated at 03:02 pm
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड १८ औंं वर्षमा प्रवेश गरेको छ ।कम्पनीले विसं २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको थियो ।सो अवसरमा कम्पनीले गत चैत १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गतका विविध कार्यक्रमहरु आयोजना गरिएको बताएको छ ।
वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै गत चैत २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाडौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधिसमेत ७४ जनाले रक्तदान गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा गत चैत १८ गते काठमाडौं उपत्यकाभित्रका कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो । साथै देशभरका विभिन्न ८६ वटा शाखा,उपशाखा कार्यालयहरुमार्फत् वृद्धआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचरलगायत १० लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको कम्पनीले बताएको छ ।
सो अवसरमा कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा १७ वर्षदेखि निरन्तर सहयोग पुर्याउँदै आएका सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गरेका थिए । साथै उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिबद्ध रहेको बताए ।
यस कम्पनीको चालू आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा जीवन बीमाकोष ४४ अर्ब ६८ करोड रुपैयाँ र कुल बीमाशुल्क ५७ अर्ब १८ करोड रुपैयाँ छ । यसैगरी, कम्पनीले कुल लगानी ४९ अर्ब ३० करोड रुपैयाँ गरेको छ ।
यसैगरी, कम्पनीले चालू आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा कुल बीमाशुल्क ५ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको १६ लाख ४२ हजार सक्रिय बीमालेख छन् । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ छ ।
Visited 4 times, 1 visit(s) today