नेपाल लाइफ इन्स्योरेन्सकाे ‘छुट्ला है, छुट’ योजना सार्वजनिक
Last updated at 06:38 pm
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरूले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी १८० दिनभन्दा माथि व्यतीत भएका बीमालेखहरूमा मिति २०८१/११/१५ देखि २०८२/०२/१३ गते सम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५ औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए ।
उनले सीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको र व्यतीत भएका बीमालेखहरू समयमा नै नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका छन् ।