बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान, कति चाहिन्छ योग्यता ?
Last updated at 12:35 pm
सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया शुरु गरेको छ ।
सरकारले अर्थमन्त्रालय मातहत रहेको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिमार्फत् अध्यक्ष पदका लागि आवेदन माग गरेको हो । समितिले शुक्रबार सार्वजनिक गरेको सूचनामा योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने उल्लेख छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त छ ।
प्राधिकरणको अध्यक्षका आकांक्षी बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
हाल अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक मदन दाहालले अध्यक्षको रूपमा काम गरिरहेका छन् ।