सोल्टी होटलको बम्पर लाभांश घोषणा
Last updated at 10:37 am
सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीले कुल ३१ दशमलव ५७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो । कम्पनीको गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र १६ दशमलव ५७ प्रतिशत नगद लाभांश(करप्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो ।
सोही बैठकले प्रस्तावित लाभांश कम्पनीको ५१ औं साधारणसभामा शेयरधनीका लागि वितरणका लागि अनुमोदन गर्न पेश गर्ने निर्णय पनि गरेको छ ।साधारण सभा आगामी मंसिर २८ गते आर्मि अफिसर क्लव भृकुटीमण्डप, काठमाडौंमा विहान १० वजेदेखि शुरु हुनेछ ।
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर ५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड १८ लाख ६२ हजार ६९० रुपैयाँ छ । यसैगरी, धितोपत्र बजारका कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५१८ दशमलव ९० रुपैयाँ छ ।
