विद्युत बिक्री आम्दानीपछि बढ्यो अपि पावरको नाफा
Last updated at 08:17 am
अपि पावर कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा बढेको छ।
समीक्षा अवधिमा कम्पनीले २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४४ दशमलव ६१ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफामा वृद्धिमा टेवा पुृगेको देखिन्छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १३ दशमलव ३१ प्रतिशतले बढेको छ भने कुल नाफा १० दशमलव ७९ प्रतिशतले बढेको छ। यसैगरी, सोही अवधिमा कम्पनीको वित्तीय खर्च भने ३७ दशमलव ५७ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रीतशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा छ। त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा छ भने मूल्य आम्दानी अनुपात १५ दशमलव ६२ गुणा छ।
यसैगरी, कम्पनीको अन्य इक्विटीमा ८९ करोड ५७ लाख रुपैयाँ छ।कम्पनीको चुक्तापूँजी ६ अर्ब ७ करोड रुपैयाँ छ । हाल धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य २७८ रुपैयाँ छ ।
