साहस ऊर्जाको लाभांश घोषणा, हकप्रद शेयर पनि निष्कासन गर्ने
Last updated at 10:31 am
साहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । गत कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
जसमा २१ प्रतिशत बोनस शेयर र १ दशमलव १०५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) छ । प्रस्तावित लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।
यसैगरी, सोही बैठकले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले आर्थिक वर्ष २०८०/०८१ को मिति २०८१ कात्तिक ४ गते बसेको साधारण सभाले तत्काल कायम रहेको शेयरमा १ः१ हकप्रद शेयर निष्कासन गर्ने गरी गरेको निर्णयमा संशोधन गरी बोनस शेयरपछि कायम हुने चुक्तापूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
