सिंगटी हाइड्रोको लाभांश घोषणा
Last updated at 10:43 am
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
गत कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको पाँच प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रुपैयाँ छ ।
Visited 11 times, 1 visit(s) today
