बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट, १ लाख ७० हजार आवेदकले पाए शेयर
								    				
							    			Last updated at 10:23 am
बुङ्गल हाइड्रो लिमिटेडले बिहीबार बिहान आईपीओ बाँडफाँट गरेको छ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार कुल १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
कम्पनीको शेयरमा कुल २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएको छ भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन्।
कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गरेको थियो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल छ।
Visited 6 times, 1 visit(s) today
