माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट, थप ४ जनाले पाए ११ कित्ता
Last updated at 10:02 am
माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ आइतबार बिहान बाँडफाँट भएको छ।
कम्पनीको धितोत्रप निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीको आईपीओ १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले पाएका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ४ कित्ता भने चार जनाले पाएका छन् ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरिएको कम्पनीले बताएको छ ।
कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता शेयरका लागि आवेदन परेको थियो।
जसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएको थियो भने ८ हजार २८९ आवेदन रद्द भएको छ ।आईपीओको नतिजा मेरो शेयर एप तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
कम्पनीले सर्वसाधारणका लागि जारीपूँजीको ४८ दशमलव ९९९८ प्रतिशत अर्थात् १५ लाख ४ हजार ७०६ कित्ता शेयर निष्कासन गरेको थियो ।