दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट
Last updated at 10:49 am
दरमखोला हाइड्रो इनर्जीको आईपीओ बिहीबार बिहान बाँडफाँट भएको छ ।
कम्पनीले गत साउन १५ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । जसमा २ लाख ४२ हजार ३१२ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। यसैगरी, ५ जनाले भने ११ कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीले २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्कासन गरेको थियो। जसमा २२ लाख ९६ हजार ४६५ जनाबाट २ करोड ६४ लाख ९८ हजार ५९० कित्ताको लागि आवेदन परेको थियो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार आवेदन दिएकामध्ये २२ लाख ८३ हजार २२६ जनाको आवेदन योग्य भएको थियो।
Visited 3 times, 4 visit(s) today