शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने योजनामा बलेफी हाइड्रोपावर
Last updated at 11:05 am
बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ।
साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।कम्पनीले ३ करोड ६५ लाख ५९ हजार ४०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
यसरी संकलन गरिएको रकम कम्पनीले १८८ मेगावाटको सुर्के दुधकोशी जलविद्युत आयोजनामा लगानी गरिने बताएको छ । विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्कासन गरिनेछ।
हाल कम्पनीको चुक्तापूँजी३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ छ ।
Visited 4 times, 1 visit(s) today