बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर निष्कासन शुरु
Last updated at 09:59 am
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज अर्थात् असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीको हकप्रद शेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग छ।हाल कम्पनीको दोस्रो बजारमा शेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ छ ।