जोशी हाइड्रोपावरको हकप्रद शेयर साउन १५ गतेदेखि निष्कासनमा
Last updated at 10:22 am
जोशी हाईड्रोपावर लिमिटेडले आगामी साउन १५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँ बराबरको ६५ प्रतिशत अर्थात् १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हकप्रदमा आवेदन दिने अन्तिम मिति भदौ ४ गतेसम्म छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती पाएको थियो ।
हकप्रद निष्कासनका लागि कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङले केयर–एनपी बी(आईएस) सिंगल बी इस्युअर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।
Visited 4 times, 1 visit(s) today