विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ लाख ९४ हजार बढीले पाए १० कित्ता
Last updated at 03:15 pm
विकाश हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आइतबार बिहान शेयर बाँडफाँट गरेको हो ।
बिक्री प्रबन्धकका अनुसार उक्त कम्पनीको आईपीओमा कुल २१ लाख ५० हजार ६७२ जनाको आवेदन परेको थियो । जसमा २० लाख ४३ हजार ६८६ जनाको आवेदन मात्र योग्य भएको छ।
मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख ९४ हजार २७६ जनाले १० कित्ताको दरले कम्पनीको शेयर हात पारेका छन् ।
कम्पनीले गत असार १८ गतेदेखि सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो।
उक्त कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४ दशमलव ५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ।