गौरीशंकर पावरले आईपीओ निष्कासन गर्ने, साउन ७ मा विशेष साधारणसभा
Last updated at 10:19 am
गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीको गत असार २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ९ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले जारी पूँजीको २० प्रतिशत बराबरको आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, सोही सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस कम्पनीले २२ दशमलव ९ मेगावाट क्षमताको मध्य होङ्गु खोला–बी जलविद्युत आयोजना निर्माण गरेको छ ।