खानी खोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न पायो स्वीकृति
Last updated at 07:36 am
खानी खोला हाइड्रोपावर कम्पनीले हकप्रद शतप्रतिशत शेयर निष्कासन गर्न स्वीकृति पाएको छ। नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई असार १० गते हकप्रद निष्कासन गर्न स्वीकृति दिएको हो।
बोर्डले उक्त कम्पनीलाई हाल कायम चुक्तापूँजीको १ः१ अनुपात अर्थात् १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको हो। अब कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
हकप्रद निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ। कम्पनीको धितोपत्र निष्कासन बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल छ।
Visited 13 times, 1 visit(s) today