मकरी गाड हाइड्रोपावरले बोलायो विशेष साधारणसभा, आईपीओ निष्कासन गर्ने तयारी
Last updated at 07:45 am
मकरी गाड हाइड्रोपावले आईपीओ निष्कासन गर्ने तयारी शुरु गरेको छ । जसका लागि कम्पनीले विशेष साधारण सभा बोलाएको छ ।
आगामी असार १८ गतेका लागि बोलाइएको विशेष साधारण सभा काठमाडौंको महाराजगञ्जस्थित कम्पनी रजिष्टर्डको कार्यालयमा साँझ ५ बजे आयोजना हुनेछ ।
सभाले कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने र यसमा कम्पनी रजिष्टर्डको कार्यालयबाट संशोधन भएपश्चात सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ५९ लाख ४० हजार कित्ताले हुन आउने रकम ५९ करोड ४० लाखबराबरको साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सानिमा क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
कम्पनीले दार्चुला जिल्ला अपि हिमाल गाउँपालिका- ५ स्थित मकरी खोलाको पानी उपयोग गरी १० मेवा क्षमताको मकरी गाड जलविद्युत आयोजना निर्माण गरि विद्युत उत्पादन गरिरहेको छ ।