माबिलुङ इनर्जीले पायो धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न स्वीकृति
Last updated at 07:35 am
माबिलुङ इनर्जीले आईपीओ निष्कासन गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई कुल १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।
अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले शेयर निष्कासन गर्नेछ ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ । इक्रा नेपालबाट कम्पनीले बी प्लसको रेटिङ पाएको छ ।
कम्पनीले संखुवासभा जिल्लाको मादी नगरपालिकामा ४ दशमलव ९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।
Visited 7 times, 1 visit(s) today