तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयर असार १६ गतेदेखि निष्कासनमा
Last updated at 10:54 am
तेह्रथुम पावर कम्पनीले आगामी असार १६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो।जसअनुसार कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीको हकप्रद शेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। यसैगरी, इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
हाल कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग छ।
Visited 8 times, 1 visit(s) today