दरमखोला हाइड्रोलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको स्वीकृति
Last updated at 07:37 am
नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीले मंगलबार बोर्डबाट शेयर निष्कासन गर्न अनुमति पाएको हो । बोर्डले सर्वसाधारण र संस्थापक शेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको ३८ दशमलव ३३० प्रतिशत र संस्थापक शेयरका लागि जारी पूँजी ६१ दशमलव ६७ प्रतिशत शेयर निष्कासन गर्ने बताएको छ ।
कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता सर्वसाधारण समूहतर्फको आईपीओ निष्कासन गर्न लागेको हो । जुन कुल शेयरको ३८ दशमलव ३३ प्रतिशत हो ।
अंकित मूल्य १०० रुपैयाँका दरले कम्पनीले शेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ । कम्पनीले बागलुङको गलकोटमा ९ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ ।
Visited 4 times, 1 visit(s) today