सान्भि इनर्जीको आईपीओ आजदेखि निष्कासनमा
Last updated at 07:25 am
सान्भि इनर्जी लिमिटेडले आज अर्थात् जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासनमा ल्याएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितमूल्यमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्कासन गरेको हो ।
कम्पनीले यसअघि जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता शेयर पनि बाँडफाँट गरिसकेको छ ।
सर्वसाधारणले कम्पनीको आईपीओमा आगामी जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग छ।
केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।