आईपीओ निष्कासनका लागि अर्बिट इनर्जीद्वारा धितोपत्र बोर्डमा निवेदन
Last updated at 02:50 pm
अर्बिट इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले ५० करोड रुपैयाँको १०० रुपैयाँ अंकित मूल्यमा ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै गत वैशाख २२ गते आवेदन दिएको हो ।
धितोपत्र बोर्डबाट स्वीकृती पाएपश्चात कम्पनीले आईपीओ निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड छ ।
कम्पनीले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका स्थित साभाखोलाको पानी सदुपयोग गरि सभाखोलाबी २१ दशमलव ५ मेगावाट र सभाखोलासी ६ दशमलव ३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको निर्माण कार्य करिब ५५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
Visited 4 times, 1 visit(s) today