विकास हाइड्रोपावरको आईपीओ आजबाट निष्कासनमा
Last updated at 06:47 am
विकास हाइड्रोपावर कम्पनीले आज अर्थात् जेठ ६ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको हो।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशतले हुन आउने ४४ करोड ५४ लाख ५९६ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ।
कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १० प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता शेयर बिक्री खुला गर्नेछ।
स्थानीयले कम्पनीको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिभित्र स्थानीय छुट्याइएको सम्पूर्ण शेयर बिक्री नभएको खण्डमा निष्कासन अवधि असार ४ गतेसम्म थपिन सक्छ।
त्यस्तै वैदेशिक रोजगारमा रहेका नेपालीले भने जेठ २० गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ ।