अपर सोलु हाइड्रोले विद्युत् बिक्रीबाट कमायो साढे ५८ करोड नाफा
Last updated at 09:22 am
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
जसअनुसार कम्पनीले उक्त अवधिसम्ममा १२ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १९६ दशमलव १३ प्रतिशत धेरै हो । गत आवमा कम्पनीले ४ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५८ करोड ५६ लाख रुपैयाँ कमाएको छ । त्यसैगरी, चैत मसान्तसम्ममा कम्पनीको वित्तीय खर्च २८ करोड ६२ लाखबाट घटेर २२ करोड ७ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । विद्युत् बिक्री बढ्दा र वित्तीय खर्च घट्दा नाफामा टेवा पुगेको देखिन्छ ।
कम्पनीको रिजर्भ कोषमा ४ करोड ७७ लाख रुपैयाँ छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ३ दशमलव १० रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०३ दशमलव ५४ रुपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड रुपैयाँ छ ।साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५२० रुपैयाँ छ ।